बागमती


काठमाडौँबाट पोखरा जाँदै गरेको गाडी धादिङमा ट्रकसँग ठोकियो, ललितपुरवासी यात्रुको मृत्यु

काठमाडौँबाट पोखरा जाँदै गरेको गाडी धादिङमा ट्रकसँग ठोकियो, ललितपुरवासी यात्रुको मृत्यु

दुर्घटनामा परेका गाडी


सुनिता विष्ट
बैशाख ६, २०८२ शनिबार १०:२६, हेटौँडा

काठमाडौँबाट पोखरा जाँदै गरेको बोलेरो गाडी धादिङमा भारतीय ट्रकसँग ठोकिँदा एक यात्रुको मृत्यु भएको छ। 

धादिङ प्रहरीका अनुसार प्र ३-०१-०२३ च ६५८ नम्बरको गाडी शुक्रबार राति १२ बजेतिर पृथ्वी राजमार्गअन्तर्गत एक्लेफाँटमा यूपी ३२ टीएन ४१९८ नम्बरको भारतीय गाडीको पछाडि ठोकिएको हो। 

दुर्घटनामा ललितपुरको बागमती गाउँपालिका-१ का ३४ वर्षीय थुलबाबु थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले नेपालखबरलाई जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौँको ट्रमा सेन्टर पठाइएको थियो। तर उपचारका क्रममा शनिबार बिहान २ बजेतिर उनको मृत्यु भएको डीएसपी हमालले जानकारी दिए।

बोलेरो गाडीमा रहेका चालकसहित अन्य ५ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि भारतीय ट्रकलाई धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ स्थित पृथ्वी लोकमार्गको जोगिमाराबाट नियन्त्रणमा लिइएको छ।

यसका चालक भारत उत्तर प्रदेश मोहमदपुर खला बस्ने ४० वर्षीय कमलेश कुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ।

थप अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको धादिङ प्रहरीका डीएसपी हमालले जानकारी दिए।

उनका अनुसार बोलेरो गाडी चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad