ad ad

समाज


लकडाउन उल्लंघन गर्ने सवारी नियन्त्रणमा, चालक घर फिर्ता

लकडाउन उल्लंघन गर्ने सवारी नियन्त्रणमा, चालक घर फिर्ता

नेपालखबर
चैत १८, २०७६ मंगलबार ९:०,

ललितपुरमा लकडाउनको पालना कडाईका साथ गरिएको छ।

लकडाउनको आठौ दिन अर्थात् दोश्रो चरणको लकडाउनको पहिलो दिन मंगलबार ललितपुरको चक्रपथ तथा भित्रि सडकहरु सुनसान छन्। सडकमा खानेपानी, इन्धन तथा अस्पतालका सवारी साधन र एम्बुलेन्स भने निर्वाध सञ्चालनमा छन्।

मुख्य सडक र भित्री क्षेत्रमा बसोबास गरेका सर्वसाधरणहरु घरभित्रै रहेका छन्। चक्रपथ र भित्री क्षेत्रको स्थिति हेर्दा ती क्षेत्रमा लकडाउनको पुर्ण पालना भएको देखिन्छ। चक्रपथमा अनुमति विना सञ्चालन भएका सवारी साधनलाई सुरक्षाकर्मीले रोकेका छन्।

सुरक्षाकर्मीले अनुमति विना सञ्चालन गरेका सवारी साधन नियन्त्रणमा लिएर चालकलाई घर फर्काउने गरेका छन्। त्यसैगरी पदैलयात्रीलाई भने केही समय यथास्थानमा नै राखेर आइन्दा लकडाउन उल्लंघन नगर्न घर बाहिर ननिस्कन सचेत गराउँदै छोड्ने गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .