ad ad

समाज


कोरोना आशंका गरिएका धादिङका युवाको मृत्यु मल्टिअर्गान फेलियरका कारण

कोरोना आशंका गरिएका धादिङका युवाको मृत्यु मल्टिअर्गान फेलियरका कारण

नेपालखबर
चैत १८, २०७६ मंगलबार ८:५४,

कोरोना आशंकामा पाटन अस्पतालमा उपचारका ल्याइ उपचारकै क्रममा मृत्यु भएका धादिङका एक युवामा कोरोना संक्रमण नभएको रिपोेर्ट आएको छ।

उनको एकैचोटि धेरै अंगले काम गर्ने छाडेका (मल्टिअर्गान फेलियर) कारण मृत्यु भएको अस्पतालले बताएको छ।

कोरोना संक्रमणको जस्तै लक्षण देखिएको भन्दै आइतबार साँझ धादिङबाट पाटन अस्पतालको कोरोना उपचार गर्ने आइसोलेसन वार्ड हुँदै आइसीयूमा उपचार गरिएका ती ३६ वर्षे युवाको उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको थियो।

उनको स्वाब लिएर कोरोना परीक्षणका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो।

मंगलबार आएको रिपोर्टमा कोरोना नभेटिएको अस्पतालका निर्देशक प्रा.डा. विष्णु प्रसाद शर्माले जानकारी दिए।

‘पाटन अस्पतालमा मृत्यु भएका ती युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ,’ अस्पतालका निर्देशक शर्माले नेपालखबरसँग भने, ‘एकैपटक मल्टिअर्गान फेलियर भएको कारण सडेन डेथ (एक्कासी मृत्यु) भयो।’

डा. शर्माका अनुसार समयमै अस्पताल ल्याउन समस्या भएकाले पनि युवालाई बचाउन सकिएन। ‘अस्पताल ल्याउनै ढिला भएको थियो,’ उनले भने।

याे पनि: 
कोरोना आशंकामा पाटन अस्पताल भर्ना गरिएका बिरामीको मृत्यु, रिपोर्ट आउन बाँकी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .