समाज


बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुनः आफ्नै गाउँ फर्किए

बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुनः आफ्नै गाउँ फर्किए

नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार २२:३, खोटाङ

१८ वर्ष पहिले बसाइँ सरेर गएका बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वेदबहादुर खड्का पुनः परिवारसहित गाउँ फर्किएपछि गाउँपालिकाले रु एक लाख प्रोत्साहन रकम प्रदान गरेको छ। उनी २०६३ सालमा सप्तरीको सप्तकोशी नगरपालिकाको बलार्दह बसाइँ सरेर गएका थिए। खड्का अहिले परिवारसहित पुनः आफ्नै गाउँ फर्किएका हुन्।

गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बिहीबार खड्काको घरमै पुगेर प्रोत्साहन रकमको चेक हस्तान्तरण गरेका हुन्। आफ्नो जन्मभूमिप्रतिको माया र छरछिमेकको सद्भाव विर्सन नसकेर पुनः आफ्नै गाउँ फर्किएको उनले बताए।

उनले भने, ‘बसाइँ सरेर गए पनि यहाँको जग्गा बेचेको थिइनँ। बाँझिएको जमिन खनजोत सुरु गरेका छौँ।’
    
गाउँ फर्किए लगत्तै घर निर्माण गरेका खड्काले आफ्नो परिवारलाई पुनः स्थापित गराउन गाउँपालिकाले ठूलो सहयोग गरेको बताए।

गाउँपालिकाले हरेक वडामा पूर्वाधार निर्माण गरिरहेको छ।

‘अब सुविधाको खोजीमा कोही बसाइँ सरेर अन्यत्र जानुपर्दैन। यसअघि गएकालाई गाउँ फर्क अभियान चलाएका छौँ’, अध्यक्ष बञ्जराले भने।

पछिल्लो समय सुविधाको खोजीमा बसाइँसराइ गर्नेहरुका कारण बर्सेनि जनङ्ख्या घट्दै जान थालेपछि जिल्लाका अन्य स्थानीय तहले पनि ‘गाउँ फर्क अभियान’ चलाएका छन्। पछिल्लो समय जिल्लाका १० वटै स्थानीय तहले  विकासमा फड्को मारे पनि त्यहाँका स्थानीयवासी भने, सुविधाको खोजिमा सहर पस्ने क्रम तीव्र छ।

शैक्षिक क्षेत्रको सुधारका लागि सामुदायिक विद्यालयमा ठूल्ठूला भवन निर्माण गरिएका छन्। बसाइँसराइका कारण विद्यार्थी अभाव हुँदा ती विद्यालय भवन प्रयोगविहीन हुने अवस्था छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad