समाज


राशिफल ६ वैशाख : तुलालाई मित्रले दिएको वचन फेर्ने, मीनलाई प्रेमीले भ्रमणको प्रस्ताव राख्ने, तपाईँको के?

राशिफल ६ वैशाख : तुलालाई मित्रले दिएको वचन फेर्ने, मीनलाई प्रेमीले भ्रमणको प्रस्ताव राख्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
बैशाख ६, २०८२ शनिबार ४:३४, काठमाडौँ

आज शनिबार, ६ वैशाख २०८२ (१९ अप्रिल २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। मनमा शान्ति छाउनेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। पुनर्मिलनको योग छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। छलकपट नगर्ने।

वृष : मध्यम खालको दिन छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। मध्य दिनपछि नयाँ रचना र ज्ञानमा प्रगति हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। अरूको ईर्ष्या नगर्ने।

मिथुन : दिन सामान्य रहनेछ। अनपेक्षित शुभ समाचारले तपाईँको हौसला बढाउनेछ। सजिलै अरूको विश्वास जित्न सकिनेछ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। वैदेशिक बजारबाट राम्रो सफलता मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट : मनमा फूर्ति र उत्साह बढेकै हुनेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक बजार र व्यापार व्यवसायमा औसत लाभ हुनेछ। वैदेशिक कार्य सहजै अघि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। अरूलाई नसताउने।

सिंह : रोकिएका काम पुनः सुरु हुन सक्छन्। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न होलान्। वैदेशिक कार्य अघि बढ्नेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

कन्या : बोलीको भरमा कार्य सम्पादन हुनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। सामाजिक कृत्यमा सहभागी बनिनेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, वैदेशिक कार्यमा ४० र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

तुला : सुन्दरतामा धन खर्च हुनेछ। मित्रहरूले वचन फेर्लान्। पारिवारिक र प्रेम सम्बन्धमा मनमुटाव आउन सक्छ। झैझमेलाको अवस्था आउला। वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक : अग्रजहरूको सुझावअनुसार अवसर पहिल्याउन सकिनेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। खानपिनको परिकारले मन लोभ्याउनेछ। अधुरो काम पूरा हुनेछ। रमणीय र सुखद यात्राको योग छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

धनु : घरमा अतिथिको आगमन हुनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। बोलीको प्रभाव बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मकर : समय प्रतिकूल भई कुलतमा मन जानेछ। सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। मित्रताको बन्धन कसिने बेला छ। साँझमा कुनै कुराले मनमा शान्ति छाउनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ : दिन अविस्मरणीय सम्झनाले बित्नेछ। शुभकार्यमा सहभागिता जनाइनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ निलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहको स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : ठूला व्यक्तिले प्रशंसा गर्नेछन्। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। छोटो दूरीको लाभदायक यात्रा होला। कला र गलाको प्रभाव बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad