कला


डेब्यु फिल्म ‘हेल्लो काँशीराम’बाट उमेश राई ‘एक्साइटेड’

डेब्यु फिल्म ‘हेल्लो काँशीराम’बाट उमेश राई ‘एक्साइटेड’

नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार १२:९, काठमाडौँ

पछिल्लो समयका लोकप्रिय हास्य कलाकार फुलन्देकी आमा अर्थात् उमेश राई अब ठूलो पर्दामा डेब्यु गर्दे छन्।

साना पर्दामा दर्शकको मन जितिसकेका उनको डेब्यु फिल्म ‘हेल्लो काँशीराम’ जेठ २ गते रिलिज हुँदै छ।

फिल्मको प्रदर्शन मिति नजिकिएसँगै उनी निकै उत्साहित छन्।

फिल्मको छायांकन अनुभव बाँड्दै उमेशले काम गर्दा निकै रमाइलो अनुभव भएको सुनाए। 

‘सुटिङ कहिले सकियो पत्तो भएन। तर, डेब्यु चलचित्र भएका ले छायांकनका क्षणहरू मेरा लागि सधैँभरि महत्त्वपूर्ण र यादगार हुनेछन्’, उनले भने।

फुलन्देकी आमा अर्थात् उमेश राई

यस चलचित्रमा आफूलाई दर्शकले भिन्न अवतार र कथामा देख्न पाउने उनको भनाइ छ। 

उमेशले अभिनेता दिलीप रायमाझीसँगको सहकार्य सधैँ सम्झिने प्रतिक्रिया दिए।

‘दिलीप दाइ सोचेभन्दा झन् रमाइलो हुनुहुँदोरहेछ। त्यत्तिकै सफल कलाकार भइन्छ भन्ने कुरा उहाँलाई नियाल्दा प्रस्ट महसुस भयो। ठूलो पर्दामा पहिलो पाइला चाल्दा लागेको रोमाञ्चक अनुभव, आफ्नो जिम्मेवारी, डर सानो पर्दाको भन्दा निकै माथिको हुनेरहेछ। नाम नै ठूलो पर्दाको भनेपछि अलिकति डर पनि लाग्दोरहेछ, तर म एक्साइटेड छु’, उनले भने।

राईले छिट्टै नयाँ चलचित्रमा काम गर्न लागेको बताए। तर, कुन फिल्म भन्ने कुरा खुलाएनन्। प्रदर्शन हुन लागेको चलचित्र ‘हेल्लो काँशीराम’का निर्देशक रिम विश्वकर्माको खुलेर प्रशंसा गर्दै उमेशले देख्दा सामान्य लाग्ने तर क्षमतावान् निर्देशक भने। 

चलचित्रको सेटमा बिताएको समय र सिकाइले आफूलाई अझ बलियो बनाएको बताउने उमेशले दर्शकलाई आश्वस्त पार्दै भने, ‘पेट मिचेर हास्ने के हो भन्ने कुरा हेल्लो काँशीराम हेरेपछि थाहा हुन्छ। म यो चलचित्रमा पूर्ण कमेडी भूमिकामा छु, व्यंग्यात्मक शैलीमा प्रस्तुत हुँदै छु।’

रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् भने पीबी थापाले लगानी गरेका हुन्।

यम आलेले खिचेको चलचित्रको लगानी डेढ करोड हाराहारी पुगेको निर्माण टिमले जनाएको छ।

चलचत्रिलाई मित्र डी गुरुङले सम्पादन तथा रंग संयोजन गरेका हुन्। यस फिल्ममा दिलीप रायमाझीसँगै सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल मुख्य भूमिकामा छन्।

त्यस्तै भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरीलगायत कलाकार पनि फिल्ममा देख्न पाइनेछ।

त्यस्तै प्रियंका कार्कीको समेत विशेष भूमिका रहेको निर्माण टिमले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad