समाज


सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिक बदलिए

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिक बदलिए

नेपालखबर
बैशाख ३, २०८२ बुधबार १९:२७, काठमाडौँ

संयुक्त राष्ट्र संघको आह्वानमा युनाइटेड नेसन्स मल्टिडाइमेन्सनल इन्टिग्रेटेड स्ट्याबिलाइजेसन मिसन इन द सेन्ट्रल अफ्रिकन रिपल्बिल (मिनुस्का) मा तैनाथ हाइ रेडिनेस प्रोटेक्सन बटालियन (एचआरपीबी) अन्तर्गत नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ।

दि फेमश महिन्द्रदल गण (शान्ति सेना) छैठौँ डफ्फा र सैनिक प्रहरी युनिट  (शान्ति सेना) नवौँ डफ्फालाई बदली गर्नको लागि रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फाका १६३ जना र सैनिक प्रहरी युनिट (शान्ति सेना) दशौँ डफ्फाका ३२ जना गरी जम्मा १९५ जना नेपाली शान्ति सैनिकहरुको अन्तिम टोली सेनानी श्याम सुन्दर कार्कीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड विमानद्वारा वैशाख २ गते मिसन इलाकातर्फ प्रस्थान गरेका छन्।

यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दि फेमश महिन्द्रदल गण (शान्ति सेना) छैठौँ डफ्फामा कार्यरत १६५ जना, सैनिक प्रहरी युनिट (शान्ति सेना) नवौँ डफ्फामा कार्यरत ३२ जना र नेसनल सपोर्ट टिममा सहभागी ३ जना गरी जम्मा २०० जना शान्ति सैनिकहरू प्रमुख सेनानी रमेश खड्काको नेतृत्वमा वैशाख २ गते नै स्वदेश फिर्ता भएका थिए ।

हाल उक्त मिसनमा नेपाली सेनाका १२४४ जना शान्ति सैनिकहरू कार्यरत रहेका जगी अड्डाले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad