आज (बुधबार) राति मधेसबाहेक देशका सबै प्रदेशमा हिउँ तथा पानी पर्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति कोसी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात तथा पहाड र तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
मधेस प्रदेशमा भने आज राति वर्षाको सम्भावना छैन।
बागमती प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात तथा पहाडका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। बागमती प्रदेशको तराई क्षेत्रमा भने राति पर्ने सम्भावना देखिएको छैन।
यस्तै राति गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। यस प्रदेशको तराई क्षेत्रमा भने राति पानी पर्ने सम्भावना देखिएको छैन।
महाशाखाका अनुसार आज राति लुम्बिनी प्रदेशको हिमाली क्षेकामाएक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाड र तराई क्षेत्रमा रातिलाई पानी पर्ने सम्भावना देखिएको छैन।
कर्णाली प्रदेशमा भने राति हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना हुने छ।
यसैगरी राति सुदूरपश्चिम प्रदेशमा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात तथा पहाडका एक-दुई स्थानमा मेघगर्जन/ चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। यस प्रदेशको तराई क्षेत्रमा भने आज रातिलाई वर्षाको सम्भावना नदेखिएको मौसम महाशाखाले जनाएको छ।
Shares

प्रतिक्रिया