समाज


राशिफल ३ वैशाख : तुलाले सापटी दिएको रकम फिर्ता पाउने, मीनको परिवारभित्र मनमुटाव बढ्ने, तपाईँको के?

राशिफल ३ वैशाख : तुलाले सापटी दिएको रकम फिर्ता पाउने, मीनको परिवारभित्र मनमुटाव बढ्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
बैशाख ३, २०८२ बुधबार ४:३९, काठमाडौँ

आज बुधबार, ३ वैशाख २०८२ (१६ अप्रिल २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। साँझमा झन्झटिलो कार्यमा समय खेर जान सक्छ।

भाग्यशाली रङ घ्यू र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

वृष: वाहन वा भूमिबाट लाभ रहला। जोस, जाँगर र हिम्मत बढ्नेछ। स्वादिष्ट र सुखद भोजन मिल्नेछ। स्वास्थ्यको ख्याल गर्नु पर्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ खैरो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मिथुन: शुभकार्यको चर्चा चल्नेछ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुन सक्छ। पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ। स्वादिष्ट र सुखद भोजन मिल्नेछ। सट्टेबाजी र सेयर बजारमा गरेको लगानीले राम्रै प्रतिफल दिलाउनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

कर्कट: विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ। पारिवारिक समस्या आइपर्ला। बोलीको विपरीत अर्थ लाग्न सक्छ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। प्रणय सम्बन्ध सामान्य रहने देखिन्छ।

भाग्यशाली रङ घ्यू र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

सिंह: आकस्मिक धनलाभ हुनेछ। लाभदायक यात्रा र वैदेशिक कार्य अघि बढ्नेछ। पढाइलेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिएला। दाजुभाइ तथा साझेदारहरूसँग मिलेर गरिने व्यवसायबाट राम्रो आम्दानी गर्न सकिएला।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

कन्या: चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ। अकस्मात् धन सम्पत्ति हात पर्नेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। दिनको मध्यमा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ।

भाग्यशाली रङ आकासे र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

तुला: स्वादिष्ट खानपिनको अवसर मिल्ला। उपहार पाइने सम्भावना छ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

वृश्चिक: गलत निर्णय लिन पुगिएला। आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ। विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ। स्फूर्ति र उमङ्गको कमी हुनेछ। मनमा चञ्चलता बढ्नेछ। साँझमा शुभ समाचार सुन्नमा आउला।

भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

धनु: जीवन सामान्य रहनेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। सहयोगी हातहरू अघि बढ्नेछन्। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। वैदेशिक क्षेत्रको काम भने अधुरै रहला।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४७, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मकर: ठीक समयमा सही निर्णय लिन सकिनेछ। घरमा अतिथिको आगमन हुनेछ। रमणीय र सुखद यात्राको योग छ। नयाँ वस्त्र उपहार पाइनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। प्राविधिक कार्यबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

कुम्भ: तीर्थाटनको योग छ। पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागी भइनेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। शुभकार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ। अतिथिको रूपमा सत्कार पाइएला।

भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ८२, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मीन: समय मध्यम खालको छ। बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला। लगनशीलताको कमीले ठूलो उपलब्धि हात पार्न नसकिएला। पुँजी बजारमा नोक्सानी हुन सक्छ। परिवारभित्र मनमुटाव बढ्ने सङ्केत छ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad