सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली चलेको छ।
सोमबार बेलुकी पौनै ७ बजेतिर अज्ञात व्यक्तिले गोली प्रहार गरेपछि त्यही ठाउँमा बस्ने २ जना घाइते भएको प्रहरी जवान प्रहरी जवान सौरव पुनले नेपालखबरलाई जानकारी दिए।
घटनास्थलमा ३ राउन्ड गोली प्रहार भएको थियो। गोली लागि घाइते हुनेहरुमा २१ वर्षका शिवकुमार मेहता र २७ वर्षका रविनकुमार यादव रहेका छन्। मेहताको पेट र यादवको नाकमा गोली लागेको बताइएको छ।
गोली प्रहार गर्ने व्यक्तिको पहिचान हुन नसेकेको र घटनास्थमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।
1.6k
Shares

प्रतिक्रिया