कला


सम्बन्ध विच्छेदको हल्लाबारे अहिले बोलिन् गोविन्दाकी पत्नी सुनीता (भिडिओ)

सम्बन्ध विच्छेदको हल्लाबारे अहिले बोलिन् गोविन्दाकी पत्नी सुनीता (भिडिओ)

सुनीता र गोविन्दा


नेपालखबर
बैशाख १, २०८२ सोमबार २०:४४, काठमाडौँ

केही महिनाअघि बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनीता आहुजा ३८ वर्षको वैवाहिक जीवन तोड्दै छन् भन्ने हैला फैलिएको थियो। 

मराठी फिल्मकी एक अभिनेत्रीसँगको सम्बन्धका कारण गोविन्दाको दाम्पत्य सम्बन्ध बिग्रिएको खबर सार्वजनिक भएको थियो। 

गोविन्दा दम्पती

तर त्यतिबेला गोविन्दा र सुनीता दुवै यस विषयमा केही बोलेनन्। गोविन्दाका म्यानेजरले भने सम्बन्ध विच्छेदको खबरलाई अस्वीकार गरेका थिए।

यसैबीच त्यो हल्लाका विषयमा सुनीताले हालै एक कार्यक्रममा प्रतिक्रिया दिएकी छन्।

यस विषयमा सोध्ने व्यक्तिसँग ठट्टा गर्दै उनले भनेकी छन्, 'अब तिमी धेरै बोल्दै छोरा। मलाई केही फरक पर्दैन, कुनै पनि खाले खबर आउनेछ। मैले पहिले पनि भनेकी छु- कुनै पनि समाचारका विषयमा जबसम्म हामी मुख खोल्दैनौँ, तबसम्म सबै हल्ला मात्र हुनेछन्।’

आइतबार सुनीताको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो, जसमा उनलाई सोधिएको छ, 'सरलाई कस्तो छ त?'

तर उनी कुनै प्रतिक्रिया नदिई अगाडि बढेकी छन्। 

यसअघि पनि सुनीताको एउटा भिडिओ भाइरल भएको थियो, जसमा अभिनेता कहाँ छन् भनेर सोध्दा उनले जवाफ दिइन्, 'म पनि खोजिरहेकी छु।'

भिडिओ:

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad