समाज


राप्रपाले आयोजना गरेको प्रदर्शनमा सहभागी हुने अमेरिकी नागरिकलाई 'डिपोर्ट' गरिने

राप्रपाले आयोजना गरेको प्रदर्शनमा सहभागी हुने अमेरिकी नागरिकलाई 'डिपोर्ट' गरिने

नेपालखबर
बैशाख १, २०८२ सोमबार १८:५९, काठमाडौँ

नेपालको प्रदर्शनमा सहभागी हुने अमेरिकी नागरिक जुलियन किर्पाललाई  डिपोर्ट गरिने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गत १४ चैत गरेको प्रदर्शनमा सहभागी भएपछि उनी पक्राउ परेका थिए। 

अध्यागमन विभागका निर्देशक एवं सूचना अधिकारी टीकाराम ढकालले उनलाई अमेरिका डिपोर्ट गरिने प्रक्रिया सुरु भइसकेको र केही दिनमै पठाइने जानकारी नेपालखबरलाई दिए। साथै उनलाई नेपाल आउन २ वर्षसको प्रतिबन्ध समेत लगाइने भएको छ।

‘उनलाई डिपोर्ट गर्ने प्रक्रिया सुरु भइसकेको छ,’ ढकालले भने, ‘केही दिनमै डिपोर्ट गर्छौं र केही समय नेपाल आउन प्रतिबन्ध लगाउने प्रचलन अनुसार उनलाई २ वर्षको प्रतिबन्ध लगाउँछौँ।’

अमेरिकी नागरिक जुलियन राप्रपाले नेपाल विद्यतु प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा गरेको प्रदर्शनमा राजतन्त्रको ब्यानर बोकेका थिए।

प्रहरीले उनलाई तत्कालै नियन्त्रणमा लिएर अध्यागमन विभागमा बुझाएको थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad