समाज


जग्गा बैना गर्न बोलाएर ६० लाख लुटपाट, १८ आरोपी पक्राउ

जग्गा बैना गर्न बोलाएर ६० लाख लुटपाट, १८ आरोपी पक्राउ

नेपालखबर
चैत ३१, २०८१ आइतबार २०:१२, काठमाडौँ

काठमाडौँमा ठूलो परिमाणमा रकम लुटपाट गरेको आरोपमा १८ जना पक्राउ परेका छन्।

जग्गा बैना गर्न बोलाएर ६० लाख रुपैयाँ लुटपाट भएको प्रहरीले जनाएको छ।

चैत २७ गते काठमाडौँ महानगरपालिका ३२ मनहरा प्लानिङमा जग्गा बैना गर्ने भनि नवराज खनाल नाम गरेको व्यक्तिले बौद्ध बस्ने वर्ष ४२ को रितेश लामालाई बोलाएका थिए।

लामा बागमती प्रदेश ०१-०२९ च ३२७२ नम्बरको कारमा सवार भई आउँदै गरेको अवस्थामा मनहरा टाउन प्लानिङ स्थित नेपाल तारा स्कुल नजिक सडक खण्डमा अपरिचित व्यक्तिहरूले उक्त कारमा रहेको नगद ६० लाख रुपैयाँ लुटी फरार भएको प्रहरीको भनाई छ।

सो सम्बन्धी सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी टोली परिचालन भई उक्त लुटपाटमा संलग्न रहेका व्यक्तिहरूलाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। 

उनीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका प्रतिवादीहरुः
१ . का.जि.का.म.न.पा. वडा नं. ३२ छाप्रो घर भई हाल का.जि.तार्केश्वर न.पा. लोलाङ बस्ने वर्ष २३ को राज पराजुली,
२. जिल्ला रामेछाप खाँडादेवी गा.पा. वडा नं. ०४ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा न. ०४ बस्ने वर्ष २३ को प्रभास के.सि. भन्ने हरी राम खत्री,
३. जिल्ला रामेछाप खाँडादेवी गा.पा. वडा नं. ०८ घर भई हाल का.जि.कागेश्वरी मनोहरा न.पा. वडा नं. ०८ गोठाटार बस्ने वर्ष २० को राजेश भण्डारी,
४. जिल्ला रामेछाप खाँडादेवी गा.पा. वडा नं. ०४ रजगाउँ बस्ने वर्ष २८ को सार्की माझी,
५. जिल्ला सोलुखुम्बु लिखु पिके न.पा. वडा नं.०९ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३२ साईराम चोक बस्ने वर्ष २६ को कुशल बस्नेत,
६. जिल्ला काभ्रेपलान्चोक रोशी गा.पा. वडा नं.०५ घर भई हाल का.जि.नयाँ बानेश्वर बस्ने वर्ष ३५ को रन्जित लामा,
७. का.जि.का.म.न.पा.वडा नं. ३२ घर भई हाल का.जि. तार्केश्वर लोलाङ बस्ने वर्ष २१ को सुयोज लामा,
८. जिल्ला रामेछाप दोरम्बा गा.पा वडा नं. ०४ घर भई बस्ने वर्ष ३७ को उत्तम मगर,
९. जिल्ला रामेछाप दोरम्बा गा.पा वडा नं. ०४ घर भई  हाल जिल्ला भक्तपुर राधेराधे बस्ने वर्ष २८ को राजु मगर,
१० जिल्ला रामेछाप दोरम्बा गा.पा वडा नं. ०४ घर भई  हाल जिल्ला भक्तपुर बस्ने वर्ष २६ को टिका बहादुर मगर,
११ जिल्ला रामेछाप दोरम्बा गा.पा वडा नं. ०४ घर भई  हाल का.जि कपन बस्ने वर्ष ३४ को रमेश बहादुर मगर,
१२. जिल्ला रामेछाप दोरम्बा गा.पा वडा नं. ०४ घर भई  हाल का.जि कागेश्वरी मनोहरा न.पा वडा नं. ०६ बस्ने वर्ष २९ को लब बहादुर मगर,
१३. जिल्ला रामेछाप दोरम्बा गा.पा वडा नं. ०४ घर भई  हाल का.जि कागेश्वरी मनोहरा न.पा वडा नं. ०९ सनसिटी बस्ने वर्ष ३४ को रुपक थापा मगर,
१४. जिल्ला रामेछाप दोरम्बा गा.पा वडा नं. ०४ घर भई  हालका.जि कागेश्वरी मनोहरा न.पा वडा नं ०७ फोर्सपार्क बस्ने वर्ष ३१ को सागर मगर,
१५. जिल्ला काभ्रेपलान्चोक नमोबुद्द न.पा वडा नं. ०९ बस्ने वर्ष ३३ को दावा लामा,
१६. जिल्ला काभ्रेपलान्चोक रोशि गा.पा वडा नं. ०५ घर भई  हाल का.जि कागेश्वरी मनोहरा न.पा वडा नं. ०६ मुलपानी बस्ने वर्ष ३३ को बाबु तामाङ ,
१७. जिल्ला काभ्रेपलान्चोक मण्डनदेउपुर न.पा वडा नं. १० घर भई  हाल का.जि कागेश्वरी मनोहरा न.पा वडा नं. ०९ सनसिटी बस्ने वर्ष २६ को सुजन लामा,
१८. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा वडा नं. ०७ घर भई हाल का.जि कागेश्वरी मनोहरा न.पा वडा नं. ०६ मुलपानी बस्ने वर्ष ३६ को रिबेल कुमार तामाङ ।

बरामद दसीः-
१.    नगद रु. ३० लाख १ हजार,
२.    बा ८० प २३८० नं.को डिओ स्कुटर थान १,
३.    बा ७२ प ६५२९ नं. को एभिएटर स्कुटर थान १,
४.    बागमती प्रदेश ०२-०५५ प ६००९ नं. को एनएस पल्सर मोटर साइकल थान १ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad