सात दिनको सेल्फ आइसोलेसनपछि चार्ल्स बाहिर निस्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
हाल राजकुमार चार्ल्सको स्वास्थ्य अवस्था राम्रो भएको बताइएको छ। स्कटल्यान्डस्थित घरमै चार्ल्सले गएको ७ दिन बिताएका थिए।
यतिबेला भने उनी सरकारले लागू गरेको लकडाउनको नियम पालना गरिरहेका छन्।
बेलायतमा प्रधानमन्त्री बोरिस जोनसन पनि कोरोनाले संक्रमित बनेका छन्। हाल उनी घरमै क्वारेन्टिनको नियम पालना गरिरहेका छन्।
हालसम्म बेलायतमा १९ हजार ५२२ कोरोनाले बिरामी परेका छन्। १२ सय २८ को मृत्यु भइसकेको छ।
प्रतिक्रिया