ad ad

कारोबार


कुखुरा व्यवसाय समस्यामा

कुखुरा व्यवसाय समस्यामा

नेपालखबर
चैत १७, २०७६ सोमबार ११:४५,

कोरोना भाइरस नियन्त्रण गर्न घोषणा गरेको लकडाउनले मकवानपुरका कुखुरा व्यवसाय समस्यामा परेका छन्।

कुखुरा पाल्ने तथा त्यसको फार्म चलाएर जीवनयापन चलाउने र व्यवसाय गर्ने कुखुरा व्यवसाय र किसान लकडाउनका कारण समस्यामा परेको गुनासो पाइएको छ। विभिन्न फार्ममा व्यवसायका लागि पालिएको कुखुरा बिक्री नहुने तथा बजारसम्म ढुवानी नहुँदा व्यवसायी चिन्तित छन्।

साथै कुखुराको दाना, प्राविधिक तथा आवश्यक औषधिलगायत समस्याले व्यवसाय नै चौपट हुने स्थिती आएको हेटौँडा–१३ का कुखुरा व्यवसायी उर्मिला मगरले बताइन्।

त्यस्तै बैंक तथा सहकारीबाट ऋण लिएर गरिरहेको कुखुरा व्यवसायबाट लगानीअनुसारको आम्दानी नहुँदा ब्याजसमेत तिर्न धौधौ परेको उनको भनाइ छ। कुखुरा व्यवसायमा समस्या परेपछि कुखुरा व्यवसाय संघ मकवानपुरले प्रतिकेजी रु ५५ नोक्सानी व्यहोर्दै प्रतिकेजी जिउँदो कुखुराको मूल्य रु १२५ तोकिएको छ।

संघका अध्यक्ष राजु अधिकारीका अनुसार एक केजी कुखुरा तयार गर्न रु १८० खर्च लाग्ने गरेको छ। तर बिक्री वितरणको कमीले संघले जिउँदो कुखुराको मूल्य घटाएको जनाएको छ।

उता जिउँदो कुखुराको मूल्य घटिरहेका बेला बजार उपभोक्ता मूल्य प्रतिकेजी कुखुराको मासु रु २५० कायम गरी बिक्री वितरण भइरहेको जितपुर मिटसपका सञ्चालक नसरुदिन मियाँले बताए। पसल बिहान र साँझ खुल्ने कारणले व्यवसायमा समेत समस्या परेको उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .