समाज


दुर्गा प्रसाईं ल्याउने भएपछि नेपाल–भारत नाकामा समर्थक र प्रहरी

दुर्गा प्रसाईं ल्याउने भएपछि नेपाल–भारत नाकामा समर्थक र प्रहरी

दुर्गा प्रसाईंलाई भारतबाट काँकडभिट्टा नाका भित्र्याउने तयारी भइरहँदा भेला भएका समर्थक तथा तैनाथ प्रहरी


नेपालखबर
चैत २९, २०८१ शुक्रबार ९:३३, काठमाडौँ

काठमाडौँको तीनकुनेमा दुई जनाको ज्यान जाने गरी हिंसा मच्चाएर भारत भागेका दुर्गा प्रसाईंलाई आज नेपाल ल्याइपुर्‍याइँदै छ। 

भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका उनलाई काँकडभिट्टा नाकाको मेची पुल हुँदै आज नेपाल ल्याउन लागिएको हो।

उनलाई नेपाल ल्याउन लागिएपछि उनका आफन्त र शुभेच्छुक बिहानै मेची पुलमा भेला भएका छन्।

साथै त्यहाँ प्रहरी पनि तैनाथ भएका छन्। समर्थकलाई प्रहरीले तितरबितर पारिरहेकाे छ।

दुर्गालाई भारतीय प्रहरीले नेपालको सीमानजिकै ल्याएकाे छ।

अब यता कसरी जिम्मा लगाउने भन्ने विषयमा भारतीय पक्ष र नेपालबीच कुरा भइरहेकाे छ।

जसकारण प्रसाईंलाई नेपालतर्फ ल्याउन केही ढिलाइ भइरहेकाे बताइएको छ।

नेपाल भित्र्याएपछि प्रसाईंलाई झापास्थित भद्रपुर विमानस्थलबाट काठमाडौँ ल्याउने तयारी रहेको जानकारी नेपालखबरलाई प्राप्त भएको छ।

राजसंस्था पुन:स्थापनाका लागि भन्दै नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शन गर्दा रिपोर्टिङ गरिरहेका पत्रकारसहित २ युवक मारिएका थिए भने तोडफोड आगजनी र लुटपाटबाट करोडौँ मूल्यकाे क्षति भएको थियो। 

प्रसाईं त्यस समितिअन्तर्गतका जनकमान्डर हुन्। तर हिंसा चर्किएपछि उनी लगत्तै फरार भएका थिए। 

त्यही घटनामा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणासहित ७३ भन्दा बढी आरोपितलाई पक्राउ गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad