हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुकोसमेत प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट नेपालतर्फ भित्रीरहेको जलवाष्पयुक्त हावाकोसमेत प्रभाव छ।
यतिबेला (शुक्रबार बिहान) देशभरको मौस आंशिकदेखि साधरणतया बदली छ। अहिले काेसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका पनि थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासँगै हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
‘वर्षा तथा हिमपातले हालसम्म देशव्यापी रुपमा रहेको तुँवालोसमे क्रमिक रुपमा कम हुने देखिन्छ,’ महाशाखाको बुलेटिनमा भनिएको छ, ‘मेघगर्जन र चट्याङ, वर्षा लगायत हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमासमेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ।’
हेर्नुहाेस् आगामी आइतबारसम्मकाे माैसम पूर्वानुमान



Shares

प्रतिक्रिया