समाज


तीनकुनेमा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा थप ३ जना नियन्त्रणमा

तीनकुनेमा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा थप ३ जना नियन्त्रणमा

नेपालखबर
चैत २८, २०८१ बिहिबार २०:३८, काठमाडौँ

चैत १५ गते राजावादी आन्दोलनका क्रममा काठमाडौँको तीनकुने क्षेत्रमा तोडफोड तथा आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले थप तीनलाई नियन्त्रणमा लिएको छ।

दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’द्वारा आयोजित प्रदर्शनका क्रममा भएको घटनाको अनुसन्धानको सिलसिलामा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा रुपन्देहीको वुटवल उपमहानगरपालिका–९, मिलन चोक घर भई हाल ललितपुरको हात्तीवन बस्ने वर्ष ३१ को शिशिर जिसी, कैलाली धनगढी उपमहानगरपालिका–२ वतन भएको वर्ष ६१ को डण्डपाणि रेग्मी र सर्लाही मिर्चैया नगरपालिका–६ वतन भएका वर्ष ४६ को मनोज कुमार सापकोटा रहेका छन्।

उनीहरूले प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न रहेको प्रहरीको भनाई छ।

पक्राउ परेकालाई काठमाडौँ जिल्ला अदालतबाट २०दिनको मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad