यतिबेला (बिहीबार दिउँसो) देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
यसैबीच पछिल्लो १२ घन्टामा सबैभन्दा धेरै इलाममा ११० मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले बिहीबार दिउँसो २:१२ बजे जानकारी दिएको छ।
यसपछि सर्लाहीमा ८९, पर्सामा ७३, उदयपुरमा ७१, सप्तरीमा ६६ र रौतहटमा ६५ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यसअनुसार इलाममा धेरै भारी वर्षा तथा सर्लाही, पर्सा, उदयपुर, सप्तरी र रौतहटमा भारी वर्षा भएको हो।
इलाममा भइरहेको वर्षाको भिडिओ-
Shares

प्रतिक्रिया