समाज


वर्षापछि पहिरो: यी ६ सडक अवरुद्ध

वर्षापछि पहिरो: यी ६ सडक अवरुद्ध

पहिराेले अवरुद्ध भएकाे सुर्खेत–हुम्ला सडक खण्ड


नेपालखबर
चैत २८, २०८१ बिहिबार १३:१८, काठमाडौँ

वर्षासँगै पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। गएरातिको वर्षापछि देशका १३ वटा सडकमा पहिरो खसेको हो। कतिपय ठाउँमा बाढीले पनि सडक अवरुद्ध भएकाे छ।

पहिरोले अवरुद्ध भएका केही सडकमा यातायात सुचारु भएको छ भने देशका ६ वटा सडक अझै पूर्णरुपमा अवरुद्ध रहेका प्रहरीले जनाएको छ। 

राप्ती राजमार्ग, सुर्खेत-हुम्ला सडक, सुर्खेत सडक, कर्णाली राजमार्ग, जाजरकोट सडक भने अझै पूर्णरुपमा अवरुद्ध रहेका प्रहरीले जनाएको छ। जाजरकोट सडकमा भने पहिरो पन्छाएपछि यातायात चल्न थालेका छन्। 

अविरल वर्षापछि भक्तपुरको सूर्यविनायकस्थित अरनिको राजमार्ग पनि अवरुद्ध भएको थियो। त्यहाँ भने अहिले एकतर्फी यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। 

बीपी राजमार्गका विभिन्न ठाउँमा अवरुद्ध भएको सडकमा पनि पहिरो पन्छाएपछि गाडी गुड्न थालेका छन्। 

बुधबारदेखिको भएको वर्षा र पहिरोको कारण रुकुमपश्चिम, सुर्खेत, सल्यान कालीकोट, काभ्रे, धादिङ, दार्चुला, नवलपरासी लगायतका जिल्लामा यातायात अवरुद्ध भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad