ad ad

समाज


चीनमा रेल सेवा खुलेको केही समयमै एक रेल दुर्घटनामा पर्‍यो (भिडियो)

चीनमा रेल सेवा खुलेको केही समयमै एक रेल दुर्घटनामा पर्‍यो (भिडियो)

नेपालखबर
चैत १७, २०७६ सोमबार ७:६,

कोरोनाबाट संक्रमण हुने र मृत्यु हुने दरमा कमी आएसँगै चीनले आफ्ना मुख्य शहरहरुको रेल सेवाहरु आशिंक रुपमा खुला गरेको छ।

गत शनिबारदेखि लकडाउन गरिएको शहरहरु खुला भएका हुन्। यसबीचमा रेल सेवा संचालन सुरु भएको केही समय नबित्दै चीनमा एक रेल दुर्घटनामा परेको छ।

सिन्ह्वाका अनुसार हुनान प्रान्तमा सोमबार रेल दुर्घटनामा परेको छ। लिकबाट तल खस्दा रेल दुर्घटनामा परेको हो।

योंगसिंग काउन्टीमा रेल दुर्घटनामा परेको बताइएको छ। दुर्घटनापछि रेलमा आगलागी भएको भिडियो सार्वजनिक भएको छ।

मानिसको ज्यान गए नगएको विषयमा केही जानकारी प्राप्त भएको छैन।

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .