समाज


नेपालमा एकसाथ तीन किसिमका वायु, यस्तो छ वर्षा र हिमपातको सम्भावना

नेपालमा एकसाथ तीन किसिमका वायु, यस्तो छ वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको इमेज


नेपालखबर
चैत २७, २०८१ बुधबार ७:३५, काठमाडौँ

आज (बुधबार) देशभर तर एक-दुई स्थानमा वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। भनेको अलिअलि मात्र घाम देखिने सम्भावना छ। 

दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र देशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

राति भने कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

मौसमविद्का अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको एकसाथ प्रभाव परिरहेको छ। 

विस्तृतमा आज बुधबारको मौसम विवरण यस्तो छ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad