सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिका ७ मन्सापुरका अन्दाजी ४५ वर्षीय हरेराम मण्डल रहेका छन्।
उनी मझौ सामुदायिक वनको कर्मचारी रहेको प्रहरीले जनाएको छ। सप्तरीको अग्निसाइर ५ बक्दुवास्थित भित्रि सडक खण्डमा छप्कीबाट महुलीतर्फ आउँदै गरेको प्र–०२–००२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका मण्डलको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा लैजाँदा चिकित्सकले दिउँसो १:३० बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए।
144
Shares

प्रतिक्रिया