कारोबार


अमेरिकासँग करमा भिड्दा चीनका अर्बपतिहरूले एकै दिन गुमाए अर्बौँ डलर

अमेरिकासँग करमा भिड्दा चीनका अर्बपतिहरूले एकै दिन गुमाए अर्बौँ डलर

वाङ चुआन्फु, मा हुआतेङ र लिई जुन


नेपालखबर
चैत २६, २०८१ मंगलबार १६:३७, काठमाडौँ

सोमबार चिनियाँ सेयरहरु ओरालो लागेका छन्। अमेरिकासँग ‘जस्तोलाई त्यस्तै कर’को सरकारी नीतिका कारण चिनियाँ अर्बपतिहरुले एकै दिन दशौँ अर्ब अमेरिकी डलर गुमाएको फोर्ब्सले जनाएको छ। 

सीएसआई ३०० इन्डेक्सअनुसार सांघाई र सेन्जेनमा सूचीकृत सेयरहरुले सोमबार बिहानको कारोबारमा ७.५ प्रतिशतसम्म गुमाएको र हङकङको हाङसेङ सूचक १०.५ प्रतिशतसम्म घटेको थियो।

चीनले शुक्रबार अमेरिकाविरुद्ध ३४ प्रतिशत जवाफी कर घोषणा गरेको थियो। बेइजिङको प्रतिकरले अमेरिकाबाट आयात हुने सबै वस्तु, केही वस्तुको अमेरिका निर्यातमा कडाइसम्मलाई समेटेको छ।

चीनले अमेरिकाविरुद्ध ढिलो गरी प्रतिकरको निर्णय लिएको थियो। 

यसले दुई ठूला अर्थतन्त्र तत्कालै यो समस्या समाधानमा अग्रसर देखिँदैनन्। 

त्यसो भएपछि लगानीकर्ताले सेयर बेच्ने विकल्प छानेको विच्याटबाट बताउँछन् बेइजिङको बुटिक लगानी बैंक च्यान्सन एन्ड कोका प्रबन्धनिर्देशक शेन मेङ। 

यसले हङकङमा सूचीकृत टेन्सेन्टजस्तो ठूलो सेयर १० प्रतिशतसम्म (सोमबार बिहान ११ः३०) घट्न पुगेको थियो। सेयर घट्दा यस कम्पनीका प्रमुख मा हुआतेङको सम्पत्ति ४.५ अर्ब अमेरिकी डलर गुमेको थियो। उनी फोर्ब्सको रियल टाइम बिलेनियर सूचीमा ४८ अर्ब डलरसहित चीनका तेस्रा धनाढ्य थिए। 

त्यसैगरी अन्य गुमाउनेमा साओमीका संस्थापक लिई जुन छन्। उनले कुलमध्ये ४.२ अर्ब अमेरिकी डलरमा गुमाएका छन्। उनीहरुबाहेक बीवाईडीका सहसंस्थापक वाङ चुआन्फुको सम्पत्ति पनि साढे २ अर्ब डलरले घटेको बताइएको छ। 

सोमबार सुरुतिर ५ जना सम्पत्ति धेरै घट्नेमध्ये चार जनाले सबैभन्दा धेरै गुमाएका हुन्। यता जापानको मासायोशी सनको सम्पत्ति समेत २.१ अर्ब डलरले घटेर २३.६ अर्ब डलर पुगेको छ। सफ्टब्यान्कको टोक्योमा सूचीकृत सेयरहरु समेत १० प्रतिशतसम्मले घटेको थियो। 

यता पछाडि खुलेको भारतीय बजारमा रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानीको सम्पत्ति समेत ५.४ अर्ब डलरले घटेको छ। त्यसैगरी अदानी ग्रुपका प्रमुख गौतम अदानीको पनि ४.१ अर्ब डलरले घटेर सम्पत्ति ५६.२ अर्ब डलरमा झरेको छ। उनीहरु दुवै भारतका पहिलो र दोस्रो धनाढ्य हुन्। 

चिनियाँ सरकारी अधिकारीहरुले करयुद्धका बाबजुद घरेलु अर्थतन्त्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाइरहेका छन्। च्यान्सन एन्ड कोका शेन केही दिनमै नयाँ नीतिहरु ल्याएपछि सेयरबजारको ब्लडबाथ समाप्त हुने आशा गर्छन्। फोर्ब्सबाट 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad