समाज


पानी जहाज कार्यालयबाट अनुमति नलिई व्यवसायिक रुपमा सञ्चालन गर्न नपाइने

पानी जहाज कार्यालयबाट अनुमति नलिई व्यवसायिक रुपमा सञ्चालन गर्न नपाइने

नेपालखबर
चैत २६, २०८१ मंगलबार १५:६, काठमाडौँ

नेपाल पानीजहाज कार्यालयबाट उद्योग सञ्चालन अनुमति नलिई व्यावसायिक रूपमा पानीजहाज सञ्चालन गर्न नपाइने प्रस्ताव गरिएको छ। राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयकमाथिको दफावार छलफलका क्रममा यस्तो प्रस्ताव गरिएको हो।

समितिका उपसचिव नुमराज खनाल शर्माले कुनै पनि व्यक्ति वा संस्थाले पानीजहाज सेवा सञ्चालन गर्न कार्यालयमा निवेदन दिएर स्वीकृति लिनुपर्ने प्रस्ताव गरिएको सुनाए। उद्योगको आर्थिक तथा प्राविधिक पक्ष, व्यवस्थापकीय क्षमता र सार्वजनिक हितलाई समेत ध्यानमा राखी तोकिएबमोजिम मूल्यांकन गर्दा आवश्यक सर्त पूरा गरेको पाइए कार्यालयले पानीजहाज सञ्चालन गर्न अनुमति दिन सक्ने उनले बताए।

'उद्योग सञ्चालन अनुमति नलिई कसैले पनि व्यावसायिक रूपमा पानीजहाज सेवा सञ्चालन गर्न पाइने छैन,' उनले भने, 'कुनै व्यक्ति वा संस्थाले पानीजहाज सेवा सञ्चालन गर्न चाहेमा सोको अनुमतिका लागि कार्यालयमा तोकिएबमोजिम निवेदन दिनुपर्नेछ।'

नेपाल पानीजहाज कार्यालयका कायममुकायम रजिस्ट्रार मणिराम भुसालले देशले आफ्नै पानीजहाज खरिद गरी विदेशी समुद्रमा चलाउन कानुनी व्यवस्था गरिनुपर्ने बताए।

भारतलगायत देशका समुद्रमा पानीजहाज खरिद गरी सञ्चालन गर्न सरकारले विधेयक तर्जुमा गरिरहेको बताइएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad