समाज


पर्सामा सँधियारको हत्या गरेर भागेका तेली भारतमा साधुको भेषमा भेटिए

पर्सामा सँधियारको हत्या गरेर भागेका तेली भारतमा साधुको भेषमा भेटिए

नेपालखबर
चैत २६, २०८१ मंगलबार १५:११, काठमाडौँ

१७ वर्षअघि पर्सामा छिमेकीको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्साको विन्दवासिनी गाउँपालिका २ का ६२ वर्षका लोकनाथ साह तेलीलाई पक्राउ गरेको हो।

सीआईबीले उनलाई भारतकै एउटा मन्दिरमा साधुको भेषमा फेला पारेको हो। तर सीआईबीले वीरगञ्जबाट पक्राउ गरिएको दाबी गरेको छ।

तेलीले २०६४ वैशाख २५ गते ढोडा मुखिया विनलाई जग्गाको विषयमा विवाद हुँदा हत्या गरेको अभियोग थियो। उक्त अभियोगमा सर्वोच्च अदालतले समेत उनलाई दोषि ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।

तेलीले मुखियालाई जग्गा सम्बन्धी विवादको विषयमा छलफल गर्न भन्दै बोलाएर गोली हानि हत्या गरेको अभियोग थियो। सोही अभियोगमा सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।

हत्यापछि फरार भएका तेली भारतको चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा पुजारीको रुपमा १० वर्षदेखि साधुको भेषधारण गरी लुकिछिपी बसेको पाइएको सीआईबीका प्रवक्ता एसपी सुधिरराज शाहीले बताए।

मंगलबार फैसला कार्यन्वयनका लागि पर्सा जिल्ला अदालतमा पेश गरिएको छ। अदालतले कैद भुक्तानका लागि कारागार पठाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad