समाज


हरेक २ मिनेटमा एक आमाको मृत्यु: विश्व स्वास्थ्य संगठन

हरेक २ मिनेटमा एक आमाको मृत्यु: विश्व स्वास्थ्य संगठन

नेपालखबर
चैत २६, २०८१ मंगलबार १४:३२, काठमाडौँ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाएको छ। संगठनले सन् २००० देखि २०२३ सम्ममा ७१ प्रतिशतले मातृ मृत्युदर कम भएको जनाएको हो। 

मातृ मृत्युदर प्रवृत्ति अनुसन्धानले १ लाख जीवित जन्ममा १४२ जना महिलाको मृत्यु हुने गरेको  देखाएको छ । 

अध्ययनले नवजात शिशु मृत्युदरसमेत घटेको देखाएको छ। नवजात शिशु मृत्युदर प्रतिएक हजार जीवित जन्ममा १६ रहेको छ। मृत जन्मदर १ हजार जन्ममा १३ रहेको छ। 

डब्लुुएचओले नेपालमा आमा र नवजात शिशुको स्वास्थ्यमा सुधार आए पनि विश्वभर भइरहेको सहायता कटौतीको कारण प्राप्त उपलब्धिहरू जोखिममा पर्न सक्ने जनाएको चेतावनी दिएको छ।
 

डब्लुएचओले मातृमृत्युदर विश्वव्यापी ४० प्रतिशतले कमी आएको जनाएको छ। सन् २०२३ सम्म २६ लाख महिलाको गर्भावस्था र प्रसूति हुने क्रममा जटिलताका कारण ज्यान गुमाएको देखाएको छ। औसतमा प्रत्येक २ मिनेटमा एक आमाको मृत्यु हुने गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad