समाज


बार निर्वाचन: मिश्र समूह झण्डै दोब्बर मतले अगाडि

बार निर्वाचन: मिश्र समूह झण्डै दोब्बर मतले अगाडि

विजयप्रसाद मिश्र र केदारप्रसाद कोइराला


नेपालखबर
चैत २६, २०८१ मंगलबार १४:४१, काठमाडौँ

नेपाल बार एसोसिएसनको निर्वाचनमा विजयप्रसाद मिश्र नेतृत्वको समूहले अग्रता बढाउँदै लगेको छ।

पछिल्लो विवरणअनुसार, अध्यक्षमा मिश्रले १ हजार २९५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठको पक्षमा ६८२ मत मात्र देखिएको छ।

श्रेष्ठभन्दा मिश्र ६१३ मतले अगाडि छन्।

अन्य पदमा पनि मिश्र समूहकै उम्मेदवार अगाडि छन्।

मिश्र सत्ता गठबन्धननिकट उम्मेदवार हुन् भने श्रेष्ठ विपक्षीनिकट गठबन्धनका उम्मेदवार हुन्।

महासचिवमा मिश्र नेतृत्वकै प्यानलका केदारप्रसाद कोइरालाले १ हजार २८६ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेको पक्षमा ५९५ मत परेको छ।

कोइरालाभन्दा न्यौपाने ६९१ मतले पछाडि छन्।

कसको कति मत? हेर्नुहोस् पूरा विवरण:

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad