समाज


मंगलबार उपत्यकाका चार ठाउँमा प्रदर्शन, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

मंगलबार उपत्यकाका चार ठाउँमा प्रदर्शन, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

नेपालखबर
चैत २५, २०८१ सोमबार २१:३०, काठमाडौँ

चैत २६ गते काठमाडौँका विभिन्न चार स्थानमा राजनीतिक दल तथा संघसंस्थाहरूको आन्दोलनका कारण ट्राफिक व्यवस्थापन प्रभावित हुने भएको छ।

बल्खु क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी, माइतीघर मण्डलामा राष्ट्रिय जनमोर्चा, बानेश्वर र माइतीघर सडक खण्डको बिचमा नेपाल शिक्षक महासंघ र शान्तिवाटिकामा सहकारी र लघुवित्त पीडितले प्रदर्शन गर्दैछन्।

यी कार्यक्रमका कारण सवारी आवागमन प्रभावित हुन सक्ने भन्दै ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो।

खासगरी राप्रपाले विभिन्न स्थानबाट जुलुश प्रदर्शन गर्ने भएपछि ट्राफिक प्रहरीले यातायात डाइभर्सन गर्ने भएको छ।

डाइभर्सन गरिने मुख्य स्थानहरू
खसीबजार – मकालु, कलंकी चोक– बाफल
बल्खु चोक–कुलेश्वर, कालीमाटी चोक–टेकु
कीर्तिपुर–सुन्दरीघाट, सानेपा–एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाईन्टहरु
त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सितापाईला,
चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर।
कार्यक्रममा सहभागी हुन सवारी साधन लिएर आउने व्यक्तिहरूले

पार्किङ गर्ने स्थानहरू
 टीयू गेटदेखि चोभार सडक
 सानेपा करिडोर सडक (दुवैतर्फ)
 चोभार सुख्खा बन्दरगाह
 नयाँबसपार्क
सितापाईला–बाफल सडक खण्डमा एक लाइन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad