समाज


चितवनको पाँच हजार हेक्टर वनक्षेत्रमा डढेलो

चितवनको पाँच हजार हेक्टर वनक्षेत्रमा डढेलो

नेपालखबर
चैत २५, २०८१ सोमबार २१:५७, काठमाडौँ

जिल्लाको वन क्षेत्रमध्ये ५ हजार ४२० हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ। डिभिजन वन कार्यालयको क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वन क्षेत्रमा उक्त डढेलो लागेको हो।

डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार यस कार्यालय मातहतमा चार हजार २२० हेक्टर वनमा डढेलो लागेको छ। वनको मातहतमा रहेको करिब ५७ हजार हेक्टर वनमध्ये सो क्षेत्रफलमा डढेलो लागेको हो। समुदायले वनमा झाडी भयो भनेर डढेलो लगाउने गरेको उनले बताए।

सूचना अधिकारी पौडेलले भने, ‘डढेलो लगाइरहेका छन्। तर नियन्त्रणमा आएको छैन।’ डढेलो नियन्त्रणका लागि सचेतना जगाउने काम भइरहेको भए पनि अझै डढेलो लगाउने चलनमा कमी आउन नसकेको उनले बताए। वन क्षेत्रमा लगाइएको डढेलोका कारण वन्यजन्तुलाई समेत असर पारेको उनले बताए।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक हजार २०० हेक्टरभन्दा बढी क्षेत्रमा डढेलो लागेको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए। उनका अनुसार निकुञ्ज क्षेत्रमा ८०० हेक्टर र मध्यवर्ती क्षेत्रमा ४०० हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ। डढेलो लागेको सूचना आएलगत्तै निकुञ्ज र नेपाली सेनाको टोलीले आगो निभाउने काम गरेको भए पनि दाउराघाँस काट्न जाने समुदायले आगो लगाउने गर्दा समस्या हुने गरेको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad