प्रहरीले दुर्गा प्रसाईंका दाइलाई पक्राउ गरेको छ।
सोमबार काठमाडौँबाट प्रसाईंका दाइ राकेश प्रसाईंलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।
‘उहाँलाई काठमाडौँबाटै नियन्त्रणमा लिएका छौँ। चैत १५ गतेको घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ,’ एसपी बोहराले नेपालखबरसँग भने।
यो घटनामा पक्राउ पर्नेको संख्या ७० पुगिसकेको छ। तर प्रसाईं भने कार्यक्रम नसकिँदै फरार भएका थिए।
1.8k
Shares

प्रतिक्रिया