नेपाल बार एसोसिएसनको नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत मतगणना जारी छ।
झापा, इलाम, मोरङ, धनकुटा, उदयपुर, सिरहा र विराटनगर उच्च अदालत, रौतहट र सर्लाही बारको मतगणना थालिएको छ।
साढे ५ सयभन्दा केही बढी मत गणना हुँदा अध्यक्षका मुख्य २ प्रतिस्पर्धीबीच १०० मतको अन्तर देखिएको छ।
अध्यक्षमा सत्ता गठबन्धननिकट उम्मेदवार विजयप्रसाद मिश्रले ३२२ मत पाउँदा विपक्षी गठबन्धननिकट उम्मेदवार रमनकुमार श्रेष्ठले २२२ मत पाएका छन्।
अध्यक्षको तुलनामा महासचिवमा बढी अन्तरले सत्ता गठबन्धनका उम्मेदवार अगाडि छन्।
महासचिवमा मिश्र प्यानलकै उम्मेदवार केदार कोइरालाले ३४२ मत पाउँदा श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेले १६८ मत पाएका छन्।
बारको २५ सदस्यीय कार्यसमिति चयन गर्न चैत २३ गते मतदान भएको थियो।
सबै पदका उम्मेदवारको पछिल्लो नतिजा हेर्नुहोस्:



Shares

प्रतिक्रिया