समाज


२५ चैतको राशिफल: मेषको मन आफन्तको प्रगतिमा रमाउने, मिथुनले शुभ समाचार सुन्न पाउने, तपाईँको के?

२५ चैतको राशिफल: मेषको मन आफन्तको प्रगतिमा रमाउने, मिथुनले शुभ समाचार सुन्न पाउने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
चैत २५, २०८१ सोमबार ४:३६, काठमाडौँ

आज सोमबार, २५ चैत २०८१ (७ अप्रिल २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: आज कुनै कुराले मनमा शान्ति पनि छाउनेछ। सजिलै अरुको विश्वास जित्न गाह्रो नपर्ला। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आफन्तको प्रगतिमा मन रमाउला। चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ। 

स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र कालो रङको प्रयोग नगर्ने।

वृष: समय प्रतिकुल भई कुलतमा मन जानसक्छ। समय व्यवस्थापन गर्न गारो पर्नेछ। हरेक कार्यमा सतर्कता अपनाई सम्पन्न गर्नतिर लाग्नु उचित हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्ला। झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ। 

स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ रहेको छ। यो राशि हुनेहरूले आज विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र अखाद्य वस्तुको सेवन नगर्ने।

मिथुन: शुभ कार्यमा मन पनि जानेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र उत्तर दिशा नजाने।

कर्कट: आज विश्वास गरेकाले साथ दिनेछन्। रमणीय र सुखद् यात्राको योग छ। सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ। रमाइलो यात्राको योग रहेको छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाब लिने र दक्षिण दिशाको यात्रा नगर्ने।

सिंह आज परीक्षा र शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू पनि सम्पन्न हुनेछन्। ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन्। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा विशेष लाभ हुने देखिन्छ।

भाग्यशाली रङ आकाशे र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। 

स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र छल कपट नगर्ने।

कन्या: आज लेनदेनमा सजगता अपनाउनु पर्नेछ। मन खिन्न हुने स्थिति आउनेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्, तर दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ। स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४२ रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र हरियो रङको प्रयोग नगर्ने।

तुला: आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। मनोरञ्जनमा सहभागिता भइएला। शेयर बजारमा गरेको लगानीले पछि राम्रै लाभ दिनेछ। मिष्ठान्न भोजन पनि प्राप्ति होला।

भाग्यशाली रङ घ्यू रङ र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र झुट नबोल्ने।

वृश्चिक: आज मान प्रतिष्ठामा वृद्धि हुनेछ। बेला बेलामा मनमा चिन्ता, दुबिधा, मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ। परिवारका लागि धेरै समय दिन पाइने छैन, तर साँझमा भने राम्रो समाचार सुन्नमा पाइनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र भरिसक्के लामो यात्रा नगर्ने।

धनु: अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र खरानी रङको प्रयोग नगर्ने।

मकर: आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ। कूटनीतिक नियोगको सहयोग मिल्ला। विचार गरेर निर्णय लिनु उचित रहनेछ। सुखदुःख बराबरी मध्यम खालको दिन छ।

भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र खैरो रङको प्रयोग नगर्ने।

कुम्भ: नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन्। प्रेम जीवन सबल र सफल रहनेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहन आवश्यक छ।

भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र सेतो रङको प्रयोग नगर्ने।

मीन: बोलीको भरमा कार्य सम्पादन हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। स्थान परिवर्तनका विशेष योग देखिन्छन्। पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७२ रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र तामसीक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad