कला


‘जनै हराएको बाहुन’को शुभमुहूर्त, भोलिदेखि छायांकन

‘जनै हराएको बाहुन’को शुभमुहूर्त, भोलिदेखि छायांकन

नेपालखबर
चैत २४, २०८१ आइतबार १३:३६, काठमाडौँ

‘जनै हराएको बाहुन’को शुभमुहूर्त, भोलिदेखि छायांकन 

फिल्म ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ। काठमाडौँको बूढानीलकण्ठमा आज बिहान चलचित्रको शुभमुहूर्त गरिएको हो।

शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेका थियो। बुढानिलकण्ठ मन्दिर परिसर भित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए।

यसअघि यो चलचित्रको स्क्रिप्ट पूजा पनि गरिएको थियो। भोलिबाट चलचित्रको छायांकन सुरु हुने निर्माणपक्षले जनाएको छ। निर्माण टिमका अनुसार भोलि काभ्रेपलान्चोकको पनौतीबाट चलचित्रको छायांकन सुरु हुनेछ। पाल्पा र काठमाडौंमा पनि छायांकन हुनेछ।

‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन्। ‘जनै हराएको बाहुन’मा विजय बराल, सुशांक मैनाली, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर राई, भोलाराज सापकोटालगायत कलाकारको अभिनय रहनेछ।

‘जनै हराएको बाहुन’ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्नेछ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा भन्नेछ।

शुभमुहूर्तपछि अभिनेत्री मिरुनाले यस फिल्ममा आफ्नो विशेष क्यारेक्टर रहेको बताइन्। 

यस्तै, अभिनेता मैनालीले चलचित्र ‘टलकजङ भर्सेज टुल्के’ रिलिज भएको १० वर्षपछि आफू सिनेमामा देखिन लागेको बताउँदै यो टिममा आबद्ध हुन पाउँदा नै म एकदमै खुसी लागेको बताए ।

निर्देशक न्यौपानेको यो डेब्यु निर्देशन हो। यो चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

बलियो लाइनअप रहेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । पेपरक्लिप प्रालिको निर्माण रहने चलचित्रका विमल न्यौपाने निर्माता हुन् ।

चलचित्रका कार्यकारी निर्मातामा कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा र आरके मानन्धर रहेका छन् ।

चलचित्रको छायांकन सेड्युल ४० दिनको रहेको छ । यस सिनेमाका निर्माता आदित्य फिल्म्स रहेका छन् भने नवीन गुरुङले छायांकन गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad