समाज


बार निर्वाचन: मतपेटिका काठमाडौँ ल्याइँदै, गणना सोमबारदेखि

बार निर्वाचन: मतपेटिका काठमाडौँ ल्याइँदै, गणना सोमबारदेखि

नेपालखबर
चैत २४, २०८१ आइतबार १२:५६, काठमाडौँ

नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि शनिबार (चैत २३ गते) भएको चुनावको मतगणना भोलि चैत २५ गते हुने भएको छ। 

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार सबै मतदान केन्द्रका मतपेटिका आज बेलुकासम्म काठमाडौँ ल्याइपुर्‍याइने भएकाले सोमबार थालिने भएको हो। 

‘देशभरका ३६ मतदान केन्द्रबाट मतपेटिका आउने क्रम जारी छ’, उनले नेपालखबरसँग भने, ‘आज रातिसम्ममा सबै मतपेटिका काठमाडौँ ल्याइपुर्‍याइएला भोलि (सोमबार) बाट मतगणना सुरु होला।’

उनका अनुसार बार चुनावमा ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको छ। 

जसअनुसार काठमाडौँ उपत्यकामा ४ हजार ६४३ र उपत्यका बाहिर ३ हजार ३५२ गरी देशभर कूल ७ हजार ९९५ मत खसेको हो। 

२५ सदस्यीय बार कार्यसमितिका लागि ५७ जना उम्मेदवार छन्।

बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धा छन्।   

वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला रहनुभएको छ भने वरिष्ठ अविधक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad