समाज


राशिफल २३ चैत: तुलाको प्रेम सम्बन्ध बलियो हुने, धनुले राम्रै काम गरे पनि धोका पाउने, तपाईँको के?

राशिफल २३ चैत: तुलाको प्रेम सम्बन्ध बलियो हुने, धनुले राम्रै काम गरे पनि धोका पाउने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
चैत २३, २०८१ शनिबार ४:४८, काठमाडौँ

आज शनिबार, २३ चैत २०८१ (५ अप्रिल २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ। राम्रै काम गरे पनि कार्यमा अवरोध आउला। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४३, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। झुट नबोल्ने।

वृष : आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। नवीन लक्ष्यप्राप्तिका योग देखिन्छन्। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। चलाखीपूर्ण बोलीले काम सफल हुनेछ। घरमा अतिथिको आगमन होला।

भाग्यशाली रङ सेतो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ४१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। छलकपट नगर्ने। 

मिथुन : आफन्त, सहयोगी र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ। शुभचिन्तकले पूर्ण साथ दिनेछन्। ठीक समयमा सही निर्णय लिन सकिएला। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ। पुनर्मिलनको योग छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६४, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। भरिसक्के लामो यात्रा नगर्ने। 

कर्कट : धार्मिक तथा सामाजिक महत्वको क्षेत्रमा भ्रमण हुन सक्छ। रोकिएको कामले पूर्णता पाउनेछ। मन पर्ने व्यक्तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ। धैर्य एवं लगनशीलताले बढी अवसर दिलाउनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६१, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज केटाकेटीलाई खानेकुरा दिने। उत्तर दिशाको यात्रा नगर्ने।

सिंह : दिन मध्यम रहनेछ। दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनु पर्छ। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। महत्त्वाकाङ्क्षी योजना भने गोप्य राखेर अघि बढ्नु होला।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ५५, वैदेशिक कार्यमा ७२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। अरूको डाह नगर्ने।

कन्या : साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अध्ययन अध्यापनको क्षेत्र सबल रहला। धनार्जनका नयाँ स्रोत फेला पर्नेछन्। धर्म तथा समाजसेवामा मन लाग्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने। 

तुला : पुनर्मिलनको योग छ। रमाइलो पारिवारिक जमघट हुनेछ। अभिभावकले सन्तुष्टि जनाउनेछन्। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। शुभ समाचार सुन्न पाइनेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६४, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ७९ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

वृश्चिक : अधुरा काम फत्ते हुनेछन्। तार्किक क्षमता बढ्नेछ। बोलीको प्रभावले स्वरोजगार भइनेछ। वैदेशिक काम र प्रक्रिया सहजै अघि बढ्नेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। घरमा पाहुनाको आगमन हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ८०, वैदेशिक कार्यमा ७९ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। सजिलै अरूको विश्वास नगर्ने। 

धनु : निर्णय कार्यान्वयन हुन गाह्रो पर्ला। मनमा दुबिधा उत्पन्न हुनेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। राम्रै काम गरे पनि अवरोध आउनेछ। साँझमा भने प्रतिष्ठित व्यक्तिसँगको अन्तरक्रियाले मनोबल उच्च बनाउनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४२, वैदेशिक कार्यमा ६० र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। कालो रङको प्रयोग नगर्ने।

मकर : राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइनेछ। यसो हुँदा सार्वजनिक पद पाउने सम्भावना छ। बोलीको भरमा सङ्कल्पसिद्ध हुनेछ। पर्यटकीयस्थलको भ्रमणले मन लोभ्याउनेछ। शुभ समाचार सुन्नमा आउला।

भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ८३, व्यापारमा ५५, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृद्ध तथा रोगीलाई सहयोग गर्ने। उत्तर दिशा नजाने।

कुम्भ : कुनै समाचारले मनमा शान्ति छाउनेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। भौतिक सुख मिल्नुका साथै बोलीको प्रभावमा वृद्धि हुने देखिन्छ।

भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ७८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज कमिला वा माछालाई चारो खुवाउने। अरूको ईर्ष्या नगर्ने। 

मीन : गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। समाजसेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। कूटनीतिक नियोगको सहयोग मिल्ला।

भाग्यशाली रङ आकासे हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५०, वैदेशिक कार्यमा ७६ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखालाई सहयोग गर्ने। खरानी रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad