बाँकेमा एक जनाको हत्या भएको छ। कोहलपुर नगरपालिका- ७ रजगरूवा बस्ने ४० वर्षीय दुर्गा पुनको हत्या भएको हो।
पुनको हत्यामा संलग्न भएको अभियोगमा कोहलपुर नगरपालिका-७ सल्यानी टोल बस्ने २३ वर्षीय छोटे भन्ने राजु सुनारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
राजुसहित ५/६ जनाको समूहले कुटपिट गर्दा गम्भीर घाइते भएका पुनकाे नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारीपछि अस्थायी प्रहरी चौकी हवल्दारपुर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न मध्ये राजुलाई पक्राउ गरेको हो।
प्रहरीले फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
402
Shares

प्रतिक्रिया