ad ad

समाज


बुटवलमा कोरोना संक्रमण आशंकामा उपचाररत युवकको मृत्यु, नमुना परीक्षणको रिपोर्ट आउन बाँकी

बुटवलमा कोरोना संक्रमण आशंकामा उपचाररत युवकको मृत्यु, नमुना परीक्षणको रिपोर्ट आउन बाँकी

नेपालखबर
चैत १६, २०७६ आइतबार १०:२२,

रूपन्देहीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको लक्षण देखिएका एक युवकको आइतबार मृत्यु भएको छ।

रूपन्देहीकाे बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत ३४ वर्षीय युवकको मृत्यु भएको अस्पतालका फोकल पर्सन सुदर्शन थापाले जानकारी दिए।

‘उनी दुबईबाट चैत ६ गते नेपाल आएका थिए,’ आइतबार अपराह्न फोकल पर्सन थापाले नेपालखबरसँग टेलिफोनमा भने, ‘कोरोना भाइरसको लक्षण देखिएका उनको आज दिउँसो १ बजे मृत्यु भएको हो।’

उनको नमुना परीक्षणकाे रिपाेर्ट भने आउन बाँकी रहेको उनले जानकारी दिए।

‘नतिजा भोलि (सोमबार) आउँदै थियो, तर आजै उनको मृत्यु भयो,’ अस्पतालका फोकल पर्सन थापाले भने।

उनका अनुसार ती युवकलाई हल्का ज्वरो आएको थियो। 

उनका अनुसार दुबईमा ट्याक्सी चालक काम गर्ने ती युवक चैत ६ गते काठमाडौं आएका थिए। चैत ७ गते मेडिकलमा उपचार गराइरहेका ती युवकमा कोभिड १९ को लक्षण देखिएपछि उनलाई १३ गते कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो।

कोरोना भाइरस संक्रमण हो कि होइन भनेर परीक्षणका लागि ती युवकको नमुना (र्‍याल) काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालमा पठाइसकिएको र त्यसको नतिजा सोमबार आउने तयारीमा रहेको फोकल पर्सन थापाकाे भनाइ छ। 

वास्तवमा ती बिरामी कोरोना संक्रमित नै थिए वा थिएनन् भन्ने कुरा रिपोर्ट आएपछि मात्रै निश्चित हुने बुटवल कोरोना विशेष (अस्थायी)अस्पतालले जनाएको छ।

कथंकदाचित् ती युवकमा कोरोना भाइरस संक्रमण नै भएको पुष्टि भयो भने कोरोनाका कारण मृत्यु हुने नेपालका पहिलो व्यक्ति तथा छैटौं संक्रमित हुनेछन्।

यसअघि नेपालमा ५ व्यक्ति कोरोना संक्रमित पुष्टि भइसकेका छन्। एक जना निको भइसकेका छन् भने ४ जनाको उपचार जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .