समाज


अन्तरिम आदेश नपाएपछि पत्रकार सम्मेलन गर्दै कुलमान

अन्तरिम आदेश नपाएपछि पत्रकार सम्मेलन गर्दै कुलमान

नेपालखबर
चैत २२, २०८१ शुक्रबार ९:४४, काठमाडौँ

आफूलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारी निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि कुलमान घिसिङले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै छन्। 

अदालतले प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नै निरन्तरताको आदेश दिएको भोलिपल्ट चैत २२ गते घिसिङले पत्रकार सम्मेलन गर्न लागेका हुन्। 

उनका अनुसार पत्रकार सम्मेलन दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा हुनेछ। 

सहभागिताका लागि उनले सञ्चारकर्मीलाई अनुरोध गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad