ad ad

समाज


क्यानडाका प्रधानमन्त्री जस्टिनकी पत्नी सोफी कोरोनामुक्त

क्यानडाका प्रधानमन्त्री जस्टिनकी पत्नी सोफी कोरोनामुक्त

नेपालखबर
चैत १६, २०७६ आइतबार ४:४,

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडुकी श्रीमती सोफी ग्रेगोइरे ट्रुडु कोरोना संक्रमणबाट निको भएकी छन्।

सोफीलाई संक्रमण भएपछि प्रधानमन्त्री र उनकी श्रीमती दुवैजना दुई हप्ताअघि क्वारेन्टाइनमा बसेका थिए। प्रधानमन्त्रीलाई भने लक्षण देखिएको थिएन।

क्यानडाको सञ्चारमाध्यम सीटीभीन्यूजका अनुसार उनले डाक्टर र त्यहाँको सम्बन्धित निकायबाट शनिबार राती संक्रमणमुक्त भएको ‘क्लियरेन्स’ पाएकी हुन्

ग्रेगोइरे ट्रुडुले उनलाई आफ्नो डाक्टर र ओटावा पब्लिक हेल्थले उनी अब संक्रमणबाट पुरै मुक्त भएको जानकारी दिएको सामाजिक सञ्जालमा लेखेकी छन्।

‘यो बीचमा शुभकामना व्यक्त गर्ने सबैप्रति म मेरो मुटुदेखि नै धन्यवाद भन्न चाहन्छु। अहिले यसबाट संक्रमित सबैलाई म आफ्नो स्नेह व्यक्त गर्न चाहन्छु,’ उनले फेसबुकमा लेखेकी छन्।

श्रीमती संक्रमित भएको पुष्टि भएपछि प्रधानमन्त्री पनि मार्च १२ देखि सेल्फ–आइसोलेसनमा बसेका थिए।

प्रधानमन्त्रीमा कुनै लक्षण नदेखिएका कारण आफू घरबाटै काम गरेको उनले बताएका थिए।

उनीहरुका तीन सन्तान स्वस्थ रहेको समाचारमा जनाइएको छ।

अहिले विश्वका बिभिन्न मुलुकका उच्चपदस्थहरुमा संक्रमणका कारण क्वारेन्टाइनमा बसिरहेका छन्।

बेलायतका राजकुमार चार्ल्र्स, त्यहिँका प्रधानमन्त्री बोरिस जोन्सन र स्वास्थ्यमन्त्री नदिन डोरिस लगायत अहिले आइसोलेसनमैं रहेर उपचाररत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .