समाज


बँदेलको आक्रमणबाट दुई जना घाइते

बँदेलको आक्रमणबाट दुई जना घाइते

नेपालखबर
असार २०, २०७६ शुक्रबार १५:१४,

केआइसिंह गाउँपालिका–१ बाउजेलामा आज जङ्गली बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन्।

प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार खेतमा काम गरिरहेको अवस्थामा जङ्गली बँदेलले आक्रमण गर्दा ३२ वर्षीय जगत विक र ३२ वर्षीय इन्द्र विक घाइते भएका हुन्। घाइते जगतको अवस्था गम्भीर छ।

उनलाई उपचारका लागि जिल्ला बाहिर लैजान सिफारिस गरिएको शैलेश्वरी अस्पताल, दिपायलका निर्देशक डा आइजङ कुँवरले जानकारी दिए। अर्का घाइते इन्द्रको शैलेश्वरीमा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad