आज मंगलबार, १९ चैत २०८१ (१ अप्रिल २०२५)। हेर्नुस् आजको राशिफल-
मेष : रमाइलो यात्रा, स्थानान्तरण र मङ्गल कार्यको योग छ। सहयोगीहरूले साथ दिनेछन्। काममा सोचेजस्तै सफलता मिल्नेछ। बोलीको भरमा कार्य सम्पादन हुनेछ। कसै कसैका लागि सन्तान सुखको योग पनि छ।
भाग्यशाली रङ कालो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।
वृष : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। बाटो काट्दा तथा यात्रा गर्दा सचेत हुनु पर्छ। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ। मनोरञ्जनमा सहभागी भइनेछ।
भाग्यशाली रङ रातो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। निलो रङको प्रयोग नगर्ने।
मिथुन : मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ। धार्मिक कार्य सफल नै रहनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। प्रेम सम्बन्ध कसिलो होला। वैदेशिक क्षेत्रको कामबाट लाभ हुनेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
कर्कट : गरेका काम सफल हुनेछन्। उचित अवसर पनि प्राप्त होला। आफन्तबाट सहयोग हुनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढेर जाला। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६३, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
सिंह : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। आफन्त एवं परिवारजनबाट विशेष लाभ हुनेछ। बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। सामाजिक कार्यमा रूचि जाग्नुका साथै रमाइलो यात्रा हुनेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
कन्या : दिन त्यति राम्रो देखिँदैन। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। दबाब र तनाव बढेको महसुस हुनेछ। प्रेम सम्बन्धमा असमझदारी बढ्न सक्छ। तर, सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
तुला : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। पराक्रम बढ्नुका साथै धन लाभका योग छ। सामाजिक कार्यमा रुचि जाग्नेछ। लामो यात्रा हुन सक्छ।
भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।
वृश्चिक : नयाँ सम्बन्ध जोडिन सक्छ। मन मिल्ने साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुटाउन सकिएला। शुभ चिन्तकले पूर्ण समर्थन गर्नेछन्। सेयर बजार र एजेन्टको काममा भने नोक्सानी हुन सक्छ।
भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
धनु : प्रियजनको सहयोगले कामबाट फाइदा लिन सकिनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।
मकर : समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सामान हराउने योग छ। विपरीत वर्गबाट विशेष सहयोग मिल्छ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। अरूको ईर्ष्या नगर्ने।
कुम्भ : आँटे-ताकेको पूरा होला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ। सामाजिक कामको दायित्त्व बढ्नेछ। महिला वा मित्रबाट विशेष सहयोग होला। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।
भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। अरूलाई नसताउने।
मीन : समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। छरछिमेकमा सम्पन्न हुने धार्मिक एवं सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गमा मधुरता छाउनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले मनमा असल भाव राख्ने। भरिसक्के लामो यात्रा नगर्ने।
Shares

प्रतिक्रिया