समाज


लकडाउनको मौका छोपी कालोबजारी गर्ने १७ जना जनकपुरबाट पक्राउ

लकडाउनको मौका छोपी कालोबजारी गर्ने १७ जना जनकपुरबाट पक्राउ

नेपालखबर
चैत १६, २०७६ आइतबार १:५६,

लकडाउनको मौका छोपेर दैनिक उपभोग्य बस्तुमा कालोबजारी गर्ने १७ जना जनकपुरबाट पक्राउ परेको छन्।

जनकपुरमा मास्क र पञ्जाको कालोबजारी गरेको आरोपमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ।

बजार अनुगमनका क्रममा बढी मूल्य लिएर मास्क र पञ्जा बिक्री गरेको पाइएपछि जनकपुरधाम-४ का ३६ वर्षीय राजेशकुमार झालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनले एउटा मास्ककको ७५० र पञ्जा प्रतिपोका ५०० मा बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

त्यसैगरी बढी मूल्य लिएर खाना पकाउने एलपी ग्यास र नुन बिक्री गर्ने दुईलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानरपालिका-११ बस्ने ४५ वर्षीय जयप्रकाश साह र वडा नम्बर १४ का ४७ वर्षीय नरेशकुमार साह रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जयप्रकाशलाई ग्यास भण्डारण गरेर राखेर उपभोक्तालाई नदिएको र नरेशले नुन प्रतिकेजी ३५ रुपैयाँमा बिक्री गरेको पाइएपछि पक्राउ गरिएको हो।

यसअघि प्रहरीले बिहीबार आलु, प्याज र ग्यास कालोबजारी गर्ने ११ जनालाई पक्राउ गरेको थियो।

पक्राउ गरिएका सबैले लकडाउनको मौका छोपेर खाद्यान्न, तरकारी, खाना पकाउने ग्यासलगायत अत्यावश्यक सामग्रीमा कालोबजारी गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad