कोरोना भाइरसको संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इटालीमा पछिल्लो २४ घण्टामा ८ सय ८९ जनाको मृत्यु भएको छ। योसमेत जोड्दा इटालीमा कोरोना संक्रमणले अहिलेसम्म १० हजार २३ जनाको मृत्यु भएको हो।
तीमध्ये धेरैजसो इटालीको उत्तरी क्षेत्र लोम्बार्दीका छन्। लोम्बार्दीसहित इटालीको उत्तरी क्षेत्रमा कोरोना संक्रमण भयावह रूपमा फैलिएको छ।

प्रतिक्रिया