स्पेनकी राजकुमार मारिया टेरेसाको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएको छ।
८६ वर्षीया राजकुमारीको शनिबार कारोना संक्रमणबाट मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
उनको निधनपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ।
स्पेनको बोउरबोन-पर्मा राजकीय परिवारकी पहिलाे सदस्य टेरेजाको कोरोनाका कारण निधन भएको युवराज सिक्टस हेनरीले पुष्टि गरेका छन्।
सन् १९३३ जुलाई २८ फ्रान्समा उनको जन्म भएको थियो।

प्रतिक्रिया