समाज


कोरोना संक्रमित २ युवतीसँगै हवाईजहाजमा आएका ३ जनामा देखिएन संक्रमण

कोरोना संक्रमित २ युवतीसँगै हवाईजहाजमा आएका ३ जनामा देखिएन संक्रमण

नेपालखबर
चैत १६, २०७६ आइतबार १:२१,

कतारको दोहाबाट कोरोना संक्रमित दुई युवती चढेका हवाईजहाजमा सँगै नेपाल आएका तीन जनामा भने संक्रमण नरहेको पाइएको छ।

फ्रान्सबाट र बेल्जियमबाट नेपाल आएका संक्रमित युवती चढेकै जहाजमा सँगै स्वदेश फर्किएका चितवनका तीन जनाको स्वाब परीक्षण गर्दा कोरोना भाइरस नरहेको पाइएको भरतपुर कोरोना अस्पतालले जनाएको छ।

सोही जहाजमार्फत फ्रान्सबाट आएकी काठमाडौंकी १९ वर्षीया र बेल्जियमबाट आएकी १९ वर्षकै बागलुङकी युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरू सँगै नेपाल फर्केका अन्य व्यक्तिको पनि नमुना परीक्षण गरिएको हो।

त्यस क्रममा चितवनका तीन जनाको रिपोर्टमा भने कोरोना भाइरस नदेखिएको भरतपुर कोरोना अस्पतालका प्रमुख डा. भोजराज अधिकारीले बताएका छन्।

शनिबार अपराह्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना परीक्षणको नतिजामा त्यही जहाजमा आएकी बागलुङकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको हो।

यसअघि त्यही जहाजमा नेपाल आएकी काठमाडौंकी १९ वर्षकै युवतीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।

सरकारले त्यस जहाजमा सँगै आएका अन्य व्यक्तिको खोजी तथा परीक्षण जारी राखेको छ।

यही चैत ४ गते दुवै संक्रमित युवती कतारको दोहाबाट कतार एअरको क्युआर ६५२ जहाजमा नेपाल आएका थिए। जहाजमा उनीहरूसँगै १ सय ५८ यात्रु थिए।

हाल नेपालमा कोरोना भाइरस परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा मात्र हुन्छ।

अन्य अस्पतालले पनि कोरोना संक्रमणको शंका लागेका बिरामीको स्वाब (र्‍याल) परीक्षणका लागि टेकु प्रयोगशालामै पठाउँछन्। बिरामीकाे उपचार भने आफ्नै अस्पतालको आइसोलेसनमा राखेर गर्छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad