समाज


राजावादी समूहको हिंसात्मक गतिविधिबाट भएको क्षति उनीहरूबाटै भराउन समाजवादी मोर्चाको माग

राजावादी समूहको हिंसात्मक गतिविधिबाट भएको क्षति उनीहरूबाटै भराउन समाजवादी मोर्चाको माग

नेपालखबर
चैत १८, २०८१ सोमबार ११:४१, काठमाडौँ

माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले राजावादी समूहको प्रदर्शनको क्रममा हिंसात्मक गतिविधि गर्नेबाटै क्षतिपूर्ति भराउन सरकारसँग माग गरेको छ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बिहान बसेको मोर्चाको बैठककले आन्दोलनका नाममा हिंसात्मक गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही गर्नसमेत सरकारसँग माग गरेको बैठकपछि नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्कर्माले जानकारी दिए। 

समाजवादी मोर्चाले गणतन्त्रवादी शक्तिहरूसँग अन्तरक्रिया गर्ने निर्णयसमेत गरेको छ।

यही चैत १५ गते गणतन्त्रवादीको सभा जनउपस्थिति र व्यवस्थापनका हिसाबले सानदार र भव्य रहेको निष्कर्ष बैठकले निकालेको छ।  राजावादी समूहले गएको शुक्रबार गरेको हिंसात्मक गतिविधि योजनाबद्ध र विदेशीहरूको सहयोगमा भएको ठहरसमेत मोर्चाले गरेको छ। 

समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादीवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी आबद्ध छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad