समाज


पूर्वराजदूत कमल कोइरालाको निधन

पूर्वराजदूत कमल कोइरालाको निधन

नेपालखबर
चैत १७, २०८१ आइतबार २१:५३, काठमाडौँ

दक्षिण कोरियाका लागि पूर्वराजदूत कमल कोइरालाको निधन भएको छ।

पत्रकार किशोर श्रेष्ठका अनुसार, उनको केहीबेर अघि ८७ वर्षको उमेरमा काठमाडौँको एक अस्पतालमा निधन भएको हो। 

भोलि सोमबार ११ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली सभा गरिने जानकारी पनि उनले दिएका छन्।

उनी लेखक पनि थिए।

पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा कमल किशोर उमेरदेखि नै वाम राजनीतिमा सक्रिय थिए। बाबु प्रधानमन्त्री छँदै उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा सक्रिय हुँदा गिरफ्तारसमेत भएका थिए।

मातृका पहिलोपटक २००८ माघमा प्रधानमन्त्री भएका थिए। त्यतिखेर नेकपामाथि प्रतिबन्ध लगाइएको थियो। 

प्रतिबन्धित भएपछि नेकपाले राजनीतिक गतिविधिका लागि ‘जनअधिकार सुरक्षा समिति’ स्थापना गरेको थियो। यही संगठनको ब्यानरमा नेकपाले सरकारविरुद्ध विभिन्न कार्यक्रम गर्थ्यो।

त्यसैमध्ये ४ माघ २०११ मा असन डबलीको कार्यक्रममा सम्बोधन गर्दा कमल पक्राउ परेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad