नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त कुलमान घिसिङ र सो पदमा नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा परेको छ।
शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटका पक्ष र विपक्षलाई छलफलका लागि आज बोलाएको थियो।
आज अन्तरिम आदेशका लागि दुवै पक्षको छलफल हुन लागेको हो।
सर्वोच्चले दुवै रिटका विपक्षीहरूसँग लिखित जवाफ पनि माग गरेको छ।
आफूलाई सरकारले पदावधि हुँदै बर्खास्त गरेपछि कुलमान सर्वोच्च गएका थिए। यस्तै नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो पुरानो रिटमा पहिला निर्णय गर्न माग गरेका छन्।
462
Shares

प्रतिक्रिया