तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न आरोपमा प्रहरीले नेपाली सेनाका पूर्वक्याप्टेन मुनीन्द्र राजभण्डारीलाई पनि पक्राउ गरेको छ।
राजावादी आन्दोलनका लागि गठित राेयल टास्क फाेर्सका कमान्डर राजभण्डारीलाई प्रहरीको विशेष टोलीले केही बेरअघि बालाजुबाट गिरफ्तार गरेको प्रहरीका एक अधिकारीले नेपालखबरलाई जानकारी दिए।
दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा पत्रकारसहित २ जना मारिए भने करोडौँको धनमाल क्षति भएको छ।
घटनापछि फरार प्रसाईंलाई प्रहरीले खोजिरहेको छ।
पक्राउ परेका राजभण्डारी प्रसाईंले यसअघि गरेका अराजक गतिविधिमा पनि सहभागी भएका थिए। गत वर्षको मंसिरमा प्रसाईं समूहले बल्खुमा गरेको प्रदर्शनका क्रममा पनि उनी अराजक गतिविधि गरेको आरोपमा पक्राउ परेका थिए।
शुक्रबार तीनकुनेमा भएको राजावादी प्रदर्शनमा राजभण्डारी पनि सहभागी थिए।
Shares

प्रतिक्रिया